stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भिजन लुम्बिनी ऊर्जा कम्पनी सेयरको बाँडफाँट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । भिजन लुम्बिनी ऊर्जा कम्पनी सेयरको बाँडफाँट गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि रु.१०० अंकित दरको १ लाख ९१ हजार २५० कित्ता शेयर विक्री आह्वान गरेको थियो ।

आश्वानअनुसार जम्मा २९ हजार ८३० जना आवेदकहरुबाट ७ लाख ५२ हजार ४८० ९जारी गरेको भन्दा ३।९३ गुणा बढी० कात्तिका लागि आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।

त्यसमा रितपूर्वक आवेदन दिने २९ हजार ८२२ जना आवेदकहरुबाट प्राप्त भएको ७ लाख ५२ हजार ३८० कित्ता बाँडफाँटको लागि योग्य रहेको देखिएकोले उक्त आवेदनहरु मध्ये १९ हजार १२५ जना आवेदकहरुलाई गोला प्रथाबाट छनौट गरी प्रत्येकलाई १० कित्ताका दरले १ लाख ९१ हजार २५० कित्ता शेयर बाँडफाँट कार्य सोमबार सम्पन्न गरिएको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ।

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको जारी पूँजीको १० प्रतिशत अर्थात रु.१९,१२,५०,००० रकम बराबरको १९,१२,५०० कित्ता शेयर असोज १७ गते सम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्काशन भइरहेको समेत जनाइएको छ।

prabhu mahalaxmi
kumari