citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

के अब नेप्से र सीडीएस एउटै संस्था बनाउने हो ?

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई एउटै संस्था बनाउन प्रस्ताव गरेका छन् ।

हाल सीडीएस नेप्सेको सहायक कम्पनीका रुपमा रहेको छ । नेप्से र सीडीएसको पुनर्संरचना कार्यक्रममा यसलाई एकीकृत गर्न सकिने आसय उनले व्यक्त गरेका हुन् । नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री खतिवडाले यी २ संस्थालाई एक बनाउन प्रस्ताव गरेका हुन् ।

‘नेप्से र सीडीएस एक अर्काको परिपूरक हुन् वा बेग्लै ? दुवैलाई एक बनाउदा के हुन्छ, सोच्न आवश्यक छ ।’ ‘सीडीएसलाई नेप्सेकै स्याटेलाइटमा राख्ने वा बेग्लै स्वायत्तता दिने भन्ने विषयमा छलफल गर्नुहोस्,’ ।

सरकारले धितोपत्र बोर्ड, नेप्से तथा सीडीएससीको पुनर्संरचना गर्ने कुरा आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको बताउदै यी २ संस्थालाई एक बनाउन उनले प्रस्ताव गरेका हुन् ।

तर कहिले र कसरी दुवै संस्था एउटै बनाउने भन्नेमा अहिलेसम्म केही पनि प्रष्ट भएको छैन । थप अध्ययन गर्नुपर्ने अर्थमन्त्रीको भनाई रहेको देखिन्छ । अर्थमन्त्रीले नेप्सेलाई नियामक विरुद्ध नजान पनि निर्देशन दिएका छन् ।

उनले भने, ’नियामक निकायले आफ्नो स्वायत्त अधिकार प्रयोग गरेर निर्णय गर्ने हुनाले निमायकले गरेको निर्णयको विरुद्ध नलाग्नुहोस् ।’

नियामक क्षमतावान र साखयुक्त संस्था हुनुपर्नेमा पनि उनले जोड दिए । नियामकले दिएको निर्देशनलाई यदि तर वा अरु कुनै बहानामा नलाग्न उनले भने । आन्तरिक समस्या भए बसेर आन्तरिक रुपमै छलफलमार्फत समाधान खोज्न पनि खतिवडाले सुझाव दिए ।

gold
himalayan life insurance long ad
kumari bank