stcnepal long ad
ime life insurance
national life
global ime bank long

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आइपीओमा आवेदन दिने भोलि असार ८ गते अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आइपीओमा भोलि असार ८ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीले असार ३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिरहेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ जारी गरेको हो।

कम्पनीले दोस्रो चरणमा कर्मचारीलाई ३४ हजार ४०० कित्ता र सामूहिक लगानी कोषलाई ८६ हजार कित्ता शेयर छुट्याएर १०० रुपैयाँ अंकित दरका १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

लगानीकर्ताले यो आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको ‘मेरो शेयर’ दिन सकिनेछ। आइपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ।

IME Lifesidebar
kumari