थाइल्याण्डको नयाँ प्रधानमन्त्रीमा श्रेत्था थावासिन निर्वाचित

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फर्किनेबित्तिकै जेल चलान भएका छन् । उनी १५ वर्षदेखि सिंगापुरमा निर्वासित जीवन बिताइरहेका थिए ।
यसैबीच, उनको पार्टीकी नेतृ श्रेत्था थवासिन संसदबाट देशको ३०औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
उनको पार्टीलाई सरकार बनाउन ३७५ मत आवश्यक थियो । थाइल्याण्डमा गत मार्चदेखि कामचलाउ सरकारका कारण संसदमा गतिरोधको अवस्था थियो ।
पूर्वप्रधानमन्त्री थाक्सिनलाई भ्रष्टाचारका तीन छुट्टाछुट्टै मुद्दामा सर्वोच्च अदालतले आठ वर्षको जेल सजाय सुनाएको छ ।
थाक्सिनले आफ्नो स्वदेश फर्कने निर्णय र फु थाई पार्टी सत्तामा आउनुबीच कुनै सम्बन्ध नभएको बताए । तर उनको पार्टीले सरकार गठन गरेपछि थाक्सिनको सजाय कम हुनेमा आशंका व्यक्त गरिएको छ ।