citizens life insurance long ad
stcnepal long ad

क्यानडाको जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि हजारौं मानिस विस्थापित

Nimb long ad
Prabhu Insurance Long Ad

उत्तरी क्यानडाको जंगलमा लागेको डढेलो बस्तीमा फैलिने संभावना बढेपछि हजारौं मानिस त्यस क्षेत्रबाट भागेका छन् ।

अधिकारीहरुले डढेलो बस्तीमा सल्किने खतरा बढेको चेतावनी दिएपछि उत्तरी प्रान्तको राजधानी एलोनाइफ शहरको विमानस्थलमा मानिसहरुको भीड लागेको छ ।

आजसम्ममा कम्तिमा २० हजार मानिसले शहर छाड्ने अनुमान अधिकारीहरुले गरेका छन् । विमानस्थलमा भीड थामिनसक्नु भएपछि विमानस्थल अधिकारीहरुले कम्तिमा दुई घण्टा पहिले विमानस्थल पुगेर आफ्नो सिट सुरक्षित गर्न भनेका छन् ।

एलोनाइफ नगरका मेयर रेबेका एल्टीले सडक मार्ग हुदै शहर छाड्नेहरु पनि उत्तिकै रहेको बताएकी छन् । साथै सरकार आफैले पनि मानिसहरुलाई अन्यत्र सारिरहेको पनि उनले बताएकी छन् ।

गत साता अमेरिकाको हवाइमा यस्तै डढेलो शहरमा सल्किंदा कम्तिमा सय जना भन्दा बढीको मृत्यु भएकाले पनि मानिसहरुमा त्रास निकै बढेको बताइएको छ ।

क्यानडामा अत्यधिक तापक्रम वृद्धिले यो वर्ष मात्रै एक हजार बढी आगलागीका घटना भइसकेका छन् ।

IME Life
kumari