citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पूर्वी अमेरिकामा आएको आँधीले १० लाख भन्दा बढी प्रभावित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

न्यूयोर्क । पूर्वी अमेरिका अहिले गम्भीर आँधी र आँधीको चपेटामा छ । न्यूयोर्कदेखि अलाबामासम्म करिब १० लाख घर र व्यवसायले विद्युत गुमाएका छन् । भारी आँधीका कारण हजारौँ उडान पनि रद्द भएका छन् । आँधीका कारण करिब पाँच करोड मानिस समस्यामा परेका छन् ।

मङ्गलवार बिहानसम्म उत्तरी क्यारोलिनामा १ लाख पेन्सिल्भेनियामा ९५ हजार र मेरिल्यान्डमा ६४ हजार मानिसहरू अझै पनि बिजुली विहीन अवस्थामा छन् हिजो एक हजारभन्दा बढी उडान स्थगित गरिएको थियो ।

संघीय उड्डयन प्रशासनले न्यूयोर्क, फिलाडेल्फिया, एटलान्टा र वासिङ्टन डीसीका एयरपोर्टहरूको उडान स्थगित गरेको थियो । मौसम विभागले आँधीलाई सबैभन्दा प्रभावकारी गम्भीर मौसमी घटनाहरू मध्ये एक हुन चेतावनी दिएको थियो ।

यो दशकमा पहिलो पटक मौसम विभागले डिसी सहरमा चार–पाँच तहको जोखिम जारी गरेको हो ।मौसम विभागको चेतावनी अनुसार सरकारी कर्मचारीलाई चाँडै घर फर्काइयो । मौसमविद् इलिन व्हेलनले भने जति क्षति आशंका गरिएको थियो त्यति ठूलो नभएको बताए।

himalayan life insurance
igi long