stcnepal long ad
himalayan Everest Insurance long ad

इमरान खानको पार्टीका अध्यक्ष इलाही पक्राउ

आतंकवादको मुद्दा चलाउने तयारी

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

पाकिस्तानमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफका अध्यक्ष चौधरी परवेज इलाहीलाई उनको घर बाहिरबाट प्रहरीले पक्राउ गरेको छ ।

पाकिस्तान तहरीक–ए–इन्साफका प्रवक्ताले परवेज इलाहीको गिरफ्तारीको पुष्टि गरेका छन्। परवेज इलाहीलाई चौधरी जहुर इलाही रोडस्थित उनको घरबाटै पक्राउ गरिएको उनले बताए ।

पञ्जाबका कार्यवाहक सूचना मन्त्री आमिर मिरले जियो न्यूजसँग कुरा गर्दै भ्रष्टाचार विरोधी इकाईले प्रहरीको सहयोगमा परवेज इलाहीलाई पक्राउ गरेको बताए ।

उनी आतंकवादसँग सम्बन्धित मुद्दामा वान्टेड थिए। यसअघि पञ्जाब प्रहरीले परवेज इलाहीलाई पक्राउ गर्न उनको घरमा छापा मारेको थियो । तर यसमा उनी असफल भए । त्यतिबेला उनी भ्रष्टाचार मुद्दामा खोजी भइरहेका थिए ।

पाकिस्तानमा अल कादिर ट्रस्ट मुद्दामा इमरान खान पक्राउ परेपछि उनका समर्थकहरुले गरेको उपद्रवबाट आक्रोशित सरकारले पार्टी नेताहरु विरुद्ध कडा अभियान सुरु गरेको छ ।

धेरै नेता पक्राउ परेका छन् भने धेरैले पार्टी छोडेका छन् । शाहबाज सरकार र सेना मिलेर नेताहरुलाई पार्टी छाड्न बाध्य पारेको बताइएको छ ।

 

१९ जेठ २०८०, शुक्रवार ०७:५४ बजे प्रकाशित

NTA long ad