stcnepal long ad
himalayan Everest Insurance long ad

टर्कीको राष्ट्रपतिमा एर्दोगान लगातार तेस्रो कार्यकालका लागि निर्वाचित

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

टर्कीको राष्ट्रपतिमा रेसेप तैयप एर्दोगान पुनः निर्वाचित हुनुभएको छ । हालै सम्पन्न दोश्रो चरणको निर्वाचनमा ५२ प्रतिशतभन्दा बढी मत ल्याएर एर्दोगानले आफ्ना मुख्य प्रतिद्वन्द्वी रिपब्लिकन पिपुल्स पार्टीका उम्मेदवार केमाल किलिचदारोग्लुलाई पराजित गर्नुभएको हो ।

किलिचदारोग्लुले ४७ दशमलव ८६ प्रतिशत मत प्राप्त गर्नुभएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । यो जीतसँग एर्दोगान लगातार तेस्रो कार्यकालका लागि टर्कीमा राष्ट्रपति बन्नुभएको छ ।

सन् २००३ मा टर्कीको प्रधानमन्त्री बने यता शक्तिमा रहनुभएका एर्दोगान सन् २०१४ मा पहिलो पटक राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।

टर्कीमा गत मे १४ तारिखमा भएको चुनावमा कसैले बहुमत ल्याउन नसकेपछी आइतबार दोश्रो चरणको मतदान भएको थियो ।

राष्ट्रपति पदमा निर्वाचित भए लगत्तै देशबासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले देशमा व्याप्त मुद्रास्फीतिको समस्या समाधान मुख्य प्राथमिकतामा रहेको बताउनुभयो । एर्दोगानको पुनः निर्वाचनलाई अमेरिकासहित पश्चिमा शक्तिहरुका लागि धक्काको रुपमा विश्लेषण गरिएको छ ।

नाटो गठबन्धनमा रहेर पनि पश्चिमाहरुको निर्देशन नमान्ने एर्दोगानको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ट सम्बन्ध रहेको छ ।

१५ जेठ २०८०, सोमवार ०७:५२ बजे प्रकाशित

NTA long ad