citizens life insurance long ad
stcnepal long ad

चीनसँग सन् २०२७ मा लडाइँ हुन्छस् विदेशमन्त्री जोसेफ

Nimb long ad
Prabhu Insurance Long Ad

ताइवानका विदेशमन्त्री जोसेफ वुले चीनसँग सन् २०२७ मा लडाइँ हुने बताउनुभएको छ । युद्धको लागि तयारी समेत गरिरहेको विदेशमन्त्री वुले बताउनुभएको हो ।

एलबीसीको टुनाइट विथ एन्डु मारसँग कुरा गर्दै उहाँले चीनको सैन्य जोखिमलाई निकै गम्भीरतापूर्वक लिएको पनि बताउनुभयो । सन् २०२७ का लागि गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।

चीनका राष्ट्रपति सी जिनपिङले देशको सेनालाई सन् २०२७ सम्ममा ताइवान मिसाई सक्न आदेश दिएको अमेरिकी गुप्तचर निकायले विश्वास जनाएको छ ।

चीनले ताइवानलाई आफ्नै एक प्रान्त मान्ने गरेको छ । मुख्यभूमिसँग त्यो मिसिनुपर्छ भन्ने चीनले मान्यता राख्दै आएको छ ।

गत शुक्रबार मात्र चीनका विदेशमन्त्री छिन काङले ताइवान जलसन्धिका दुवै भाग चीनकै भएको बताउनुभएको थियो । ताइवानको विषयमा आगोसँग खेल्नेहरू आफैं डढ्ने पनि उहाँको तर्क थियो ।

IME Life
kumari