citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

चिनियाँ राष्ट्रपति सी र रूसी राष्ट्रपति पुटिनबीच युक्रेन युद्ध अन्त्य गर्ने बारेमा छलफल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच युक्रेन युद्ध अन्त्य गर्ने बारेमा छलफल भएको छ ।

दुई मुलुकका शीर्ष नेताबीच युक्रेनसँगको द्वन्द्व अन्त्य गर्ने चिनियाँ शान्ति योजनाको बारेमा छलफल भएको जनाइएको हो । सोमबारको वान–टु–वान वार्तामा युक्रेनसँगको द्वन्द्वको समाधानको उपायको बारेमा छलफल भएको थियो ।

रुसी समाचार संस्था तासका अनुसार इन्धन सम्झौता, सैन्य तथा प्राविधिक विषयमा छलफल भए–नभएको केही उल्लेख गरिएको छैन् ।

चिनियाँ विदेश मन्त्रालयले गत फेब्रुअरीमा युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानको बारेमा १२ बुँदे दस्तावेज प्रकाशित गरेको थियो ।

जसमा युद्धविराम, वैधानिक सुरक्षा चासोमाथि सम्मान, युक्रेनको मानव संकटको समाधान, मस्को र कीभबीच बन्दीको आदानप्रदान र एकपक्षीय प्रतिवन्ध हटाउने लगायतका विषय रहेका छन् । सोही दस्तावेजमा द्वन्द्व समाधानको एक मात्र उपाय वार्ता भएको समेत उल्लेख गरिएको छ ।

himalayan life insurance
igi long