stcnepal long ad
global ime bank long

अन्तर्राष्ट्रिय अपराध अदालतद्वारा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । अदालतले पुटिनलाई गैरकानुनी रूपमा युक्रेनबाट बालबालिकालाई रुसमा पुर्‍याउनुका साथै युद्ध अपराधका लागि जिम्मेवार रहेको ठहर गरेको छ ।

रूसले बालबालिकालाई रूसी नागरिकता लिन बाध्य पार्ने लगायतका गतिविधि गरेको आयोगको रिपोर्टमा उल्लेख छ । युक्रेन सरकारको तथ्यांकमा जबर्जस्ती रूस लैजाने बालबालिकाको संख्या १६ हजार २ सय २१ रहेको छ ।

आईसीसीका न्यायाधीशहरूले पुटिनसहित रुसी बाल अधिकार आयुक्त मारिया अलेक्सेभना लभोभा–बेलोभाविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति पुटिनको सो अपराध २४ फेब्रुअरी सन् २०२२ देखि युक्रेनमा शुरु भएको जनाएको छ ।

आइसिसिले रुसले युक्रेन माथि युद्ध शुरु गरेको दिनदेखि नै अपराधको श्रृंखला शुरु भएको जनाएको छ । मस्कोले भने आक्रमणका क्रममा युद्ध अपराधको आरोप अस्वीकार गर्दै आएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत नेदरल्यान्डसस्थित अन्तर्राष्ट्रिय स्थायी न्यायाधिकरण संयन्त्र हो ।

जसमा जन–नरसंहार, मानवताविरुद्धको अपराध, युद्ध अपराध र आक्रमणको अपराधको लागि अपराधी विरुद्ध मुद्दा चलाइन्छ । पुटिन र रूसविरुद्ध युद्ध अपराधमा यही फेबुअरी २२ मा मुद्दा दायर भएको थियो ।

 

IME Lifesidebar
kumari