citizens life insurance long ad
stcnepal long ad

मलाबीमा आँधी स् २ सयको मृत्यु, दश जिल्लामा आपतकाल घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

अफ्रिकी मुलुक मलाबीमा आएको आँधीमा २ सय जनाको मृत्यु भएपछी १० वटा जिल्लामा आपतकाल घोषणा गरिएको छ ।

छिमेकी मुलुक मोजाम्बिकबाट प्रवेश गरेको फ्रेडी नामको शक्तिशाली आँधीका कारण मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् ।

आँधीसँगै आएको बाढी पहिरोले हजारौं घरबारबिहिन हुनुका साथै आँधी प्रभावितहरुमा हैजाको जोखिम बढेको छ ।

भारी वर्षासँगै आएको आँधीले सयौं घरका छानाहरु उडाउनुका साथै सयौंको संख्यामा सवारी साधनमा क्षति पुगेको छ । आँधीले बिजुलीका पोल र रुखहरु ढालेकाले अवरोध भएका सडक खुलाउने प्रयास राखिएको छ ।

उद्धारकर्ताहरुले बाढीले बगाएका केहीको उद्धार गरेका छन् भने केही अझै बेपत्ता भएको जनाएका छन् । बाढीप्रभावितहरुलाई अस्थायी टहरा बनाई राखिएको छ । आँधी अझै केही दिन सक्रिय रहने भन्दै मौसमबिदहरुले बताएका छन् ।

IME Life
kumari