Everest Bank
nabil bank
national life
stcnepal long ad

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश हात पार्न चैत ८ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्ने

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले चैत २३ साधारण सभा बोलाएको छ । कम्पनीले सभामा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साधारणसभा, कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे जुम माध्यमबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले चैत ९ गते बुक क्लोज गर्दैछ । यसर्थ, चैत ८ गतेसम्म कायम सेयरधनी कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।

१ चैत २०७९, बुधवार ०९:४५ बजे प्रकाशित

stcnepal long ad