citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

युक्रेनको बाख्मत शहर कब्जा गर्ने अन्तिम चरणमा पुगेको वागनर समूहको दाबी

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

युक्रेनमा रुसकोतर्फबाट लडिरहेको निजी सैनिक समूह वागनरले युक्रेनको बाख्मत शहर कब्जामा आउनै लागेको दाबी गरेको छ ।

वागनर सेनाका प्रमुख यभ्गेनी प्रिगोजिनले बाख्मत शहरको मध्य भागको कुनै भवनमाथिबाट खिचेको भिडियो सार्वजनिक गर्दै आफूहरु बाख्मत नियन्त्रण गर्ने अवस्थामा रहेको दाबी गर्नुभएको हो ।

भिडियोमा प्रिगोजिनले भिडियो खिचिरहेको स्थानबाट बाख्मतको मुख्य प्रशासनिक भवन एक किलोमिटर दुई सय मिटर पर रहेको बताउनुभएको छ । अब सेनाबाट थप हतियार प्राप्त हुने वित्तिकै बाख्मत पूरै कब्जामा आउने पनि उहाँको दाबी छ ।

पृष्ठभूमिमा विष्फोट भइरहेको र बन्दुक पड्किरहेको आवाज आइरहेको भिडियोमा प्रिगोजिनले आफ्नो सेनाका लागि हरेक महिना दश हजार विष्फोटक पदार्थ आवश्यक पर्ने गरेको पनि खुलासा गर्नुभएको छ ।

एक वर्ष लामो युद्धका क्रममा रुसी सेनाले बाख्मत शहर कब्जा गर्नका लागि निकै ठूलो समय र शक्ति प्रयोग गरिरहेको छ । बाख्मतको लडाइलाई सबैभन्दा रक्तपातयुक्त र भीषण भनिएको छ ।

himalayan life insurance
igi long