citizens life insurance long ad
stcnepal long ad

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाको ठूलो मध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएको छ ।घटनालाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ ।

सन् २००८ मा वासिंटन म्युचअल टाट पल्टिएको घटनापछि यो सबैभन्दा ठूलो संकट भएको बताइएको छ ।

बैंकले गत बुधबार घाटा पूर्तिका लागि ठूलो हिस्सामा शेयर बेचेको र करिब २.२५ बिलियन बराबरको नयाँ शेयर बेच्ने घोषणा गरेको थियो । बैंकको उक्त घोषणापछि ठूला शेयर होल्डर र बचतकर्ताले आफ्नो लगानी र बचत फिर्ता लिन सुरु गरेका थिए ।

क्यालिफोर्नियामा मुख्यालय रहेको बैंक टाट पल्टिने अवस्थामा पुगेको नियामक निकायको भनाइ छ । नियामक निकायले सबै बचतकर्ताको पैसा सुरक्षित रहेको बताएको छ ।

फेडेरल डिपोजिट इन्स्योरेन्स कोर्पोरेसन(एफडीआईसी) ले करिब १७५ बिलियन डलर बैंकमा डिपोजिट रहेको जनाएको छ ।

३१ डिसेम्बर २०२२ सम्म बैंकको कुल सम्पत्ति २०९ बिलियन डलर बराबरको भएको बताइएको छ । सिलिकन भ्याली बैंक टाट पल्टिनुको आंशिक कारण संघीय रिजर्भ बैंकले गत वर्ष ब्याजदर वृद्धि गर्नु पनि भएको सीएनएनले जनाएको छ ।

सन् १९८३ मा क्यालिफोर्निया बैंकका रूपमा स्थापना भएको सिलिकन भ्याली बैंक पछिल्लो १ दशकमा तीव्र विस्तार भएको थियो ।

 

IME Life
kumari