citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

युक्रेनको बाख्मुत शहरमा भीषण सडक संघर्ष

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

युक्रेनको पूर्वीशहर बाख्मुतमा भीषण सडक संघर्ष चलिरहेको छ । बाख्मुतलाई कब्जामा लिन रुसी सेना सडक संघर्षमै उत्रिएपछि युक्रेनी सेनाले शहरलाई रुसी कब्जामा जानबाट जोगाउने अन्तिम प्रयास गरिरहेको हो । खण्डहर बनेको शहरमा अहिले पनि करिब ४ हजार मानिस बसिरहेको बताइएको छ ।

युद्ध अघि सोही शहरको जनसंख्या ७५ हजार रहेको थियो । बाख्मुतका उपप्रमुख ओलेक्ज्याण्डर मार्चेन्कोले शहर अहिले पनि पूर्ण रुपमा रुसी कब्जामा नगएको दावी गर्नुभएको छ ।

रुसी सेनाले शहरलाई ३ तिरबाट घेरा हालेको र एउटा मात्रै मार्ग युक्रेनी सेनाका लागि खुला छाडिदिएको छ । शहरमा कुनै पनि संचार सम्पर्क हुने अवस्था नरहेकाले यथार्थ जानकारी पनि प्राप्त नभएको उपप्रमुख मार्चेन्कोको भनाइ छ ।

himalayan life insurance
igi long