अमेरिकी विदेशमन्त्री ब्लिंकेन र रूसी विदेशमन्त्री लाभारोभबीच भेट
युक्रेन युद्ध अन्त्य गर्न ब्लिंकेनको आग्रह, लाभारोभले दिएनन् जवाफ
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र रुसी विदेशमन्त्री सर्गेइ लाभारोभबीच नयाँ दिल्लीमा भेट भएको छ ।
जी(२० राष्ट्रका विदेशमन्त्रीहरुको बैठकमा भाग लिन दिल्ली आएका दुई विदेशमन्त्रीबीच बैठकको उद्घाटन समारोहपछि साइडलाइमा भेट भएको हो । ब्लिंकेन र लाभारोभबीच करिब १० मिनेट कुराकानी भएको जनाइएको छ ।
भेटपछि अमेकिरी विदेशमन्त्री ब्लिंकेनले रुसी समकक्षी लाभारोभलाई युक्रेन युद्ध तत्काल अन्त्य गर्न आग्रह गरेको बताउनुभयो ।
तर लाभारोभले कुनै जवाफ नदिएको बताइएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछिको १ वर्षको अवधिमा अमेरिकी विदेशमन्त्री र रुसी विदेशमन्त्रीबीच पहिलो पटक भेट भएको हो । ब्लिंकेनसँगको भेटलाई रुसले भने अकस्मात हिंड्दा हिड्दैको भेट भन्दै नजर अन्दाज गरेको छ ।