evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

चैत १० गते साना किसान लघुवित्तको वार्षिक साधारण सभा 

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चैत १० गते साना किसान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । सभा कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठन बोडे भक्तपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

साधारण सभामा यस लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २६५ बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश गरी कुल २७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त मर्जरमा भएकाले मर्जर तथा प्राप्ति सम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

दुई लघुवित्तले १००ः८७ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति गरेका थिए । अर्थात, आरएमडीसी लघुवित्तको १०० कित्ता सेयरलाई मर्जरपछि बन्ने कम्पनीको ८७ कित्ता सेयर कायम हुनेगरी स्वाप रेसियो तय गरिएको छ । उक्त स्वाप रेसिया पारित गर्ने एजेन्डा पनि छ ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनका लागि संस्थाले फागुन २८ गते बुक क्लोज गर्ने भएको छ । फागुन २५ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

igi long
himalayan life insurance long ad