evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

चीनद्वारा अमेरिकाको आरोप अस्वीकार

Prabhu Insurance Long Ad
global bank

चीनले रुसलाई हतियार सहयोग गर्ने योजना बनाइरहेको भन्ने अमेरिकाको दावीको चीनले अस्वीकार गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले केही दिन अघि जर्मनीमा आयोजित सुरक्षा सम्मेलनमा चीनले रुसलाई घातक हतियार दिने योजना बनाएको बताउनुभएको थियो । हतियारको विस्तृत विवरण नै आफूहरुसँग रहेको ब्लिंकेनले दावी गर्नुभएको थियो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनपिनले अमेरिकाले लगाएको आरोप अस्वीकार गर्नुभएको हो ।

तर अमेरिकाले दवाव दिंदैमा चीन–रुस सम्बन्धमा भने फरक नपर्ने वेनपिनको भनाइ थियो । युद्ध क्षेत्रमा निरन्तर हतियार आपूर्ति गर्ने चीन होइन अमेरिका भएको वेनपिनको दावी छ ।

भ्रम फैलाएर युद्ध जारी राख्नुभन्दा वार्ताबाट युद्ध टुंग्याउनेतर्फ सोच्न अमेरिकालाई वेनपिनले आग्रह गर्नुभएको छ ।

igi long
himalayan life insurance long ad