citizens life insurance long ad
stcnepal long ad

फ्रान्समा अवकाशको उमेर वृद्धि गर्ने सरकारी योजनाविरुद्ध व्यापक प्रदर्शन

Nimb long ad
Prabhu Insurance Long Ad

फ्रान्समा अवकाशको उमेर वृद्धिको सरकारी योजना विरुद्ध व्यापक प्रदर्शन भएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले अवकाशको उमेर ६२ वर्षबाट ६४ वर्ष बनाउने योजना अघि सारेसँगै आन्दोलनको दोस्रो लहर शुरु भएको हो ।

विगत १२ दिनदेखि जारी प्रदर्शनमा सहभागी हुनेको संख्या ११ लाख नाघेको छ । आठ वटा प्रमुख ट्रेड युनियनहरुले संयुक्त रुपमा हड्ताल गरेका छन् । यस बीचमा उनीहरुले विद्यालय, सार्वजनिक यातायात, तेल प्रशोधन केन्द्रहरुमा हड्ताल गरेका छन् ।

सिजिटी ट्रेड युनियनका  अनुसार ५ लाखभन्दा बढी प्रदर्शनकारीहरु पेरिसमा मात्रै भेला भएका थिए । प्रदर्शनकारीहरुले अवकाशको उमेर यथावत राख्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

देशभरबाट आन्दोलनको लहर चलेपछि राष्ट्रपति वाध्य भएर आफ्नो निर्णय फिर्ता लिन बाध्य हुने बताइएको छ ।

IME Life
kumari