stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जर्मनीद्वारा आफ्ना नागरिकलाई चीन भ्रमणमा प्रतिबन्ध

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

जर्मनीले कोरोना महामारी नियन्त्रणका लागि भन्दै चीनमा अत्यावश्यक बाहेकका यात्रामा प्रतिबन्ध लगाएको छ।

चीनमा कोभिड–१९ को संक्रमणको अवस्था चीन सरकारको नीतिमाथि शंका गर्दै जर्मनीको विदेश मन्त्रालयले ट्वीटरमार्फत चीनमा यात्रा प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।

कोभिडको संक्रमण दर बढेको हल्लासँगै एक दर्जन भन्दा बढी देशले यसअघि नै चीनबाट आउने यात्रुमाथि नयाँ नियम र मापदण्ड लागू गरिसकेका छन् ।

युरोपेली संघका विज्ञहरूले यसै साता समूहका २७ सदस्य राष्ट्रहरूलाई चीनबाट आउने उडानमा रहेका व्यक्तिहरूबाट कोरोना परीक्षणको माग गरिसकेको छ ।

फ्रान्स, जर्मनी, इटाली र स्पेनलगायतका राष्ट्रले भने एशियाली मुलुकबाट आउने यात्रुको कोरोना परीक्षण अनिवार्य गर्ने घोषणा गरिसकेका छन् । गैर–युरोपेली देशहरू मध्ये अमेरिका र जापानले पनि त्यस्तै उपायहरू अवलम्बन गरेका छन् ।

चीनमा जाडोयाम र चिनियाँ नयाँ वर्षको सुरूमा शहरका कामदारहरू आफ्नो ग्रामीण गृहनगर फर्कने क्रममा आगामी हप्ताहरूमा अत्याधिक प्रकोपको चेतावनी जारी गरिसकेको छ ।

prabhu mahalaxmi
kumari