citizens life insurance long ad
stcnepal long ad

पश्चिमा देशलाई कच्चा तेलको आपूर्ति बन्द गर्ने पुटिनको घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

रुसी भ्लादिमीर पुटिनले पश्चिमा देशहरुलाई कच्चा तेलको बिक्री बन्द गर्ने घोषणा गरेको छ । रुसी राष्ट्रपति पुटिनले आगामी फेब्रुअरी १ देखि अमेरिका र युरोपेली देशहरुमा कच्चा तेलको निर्यात बन्द गर्ने सम्बन्धि आदेशमा हस्ताक्षर गर्नुभएको हो ।

जी सेभेन राष्ट्रहरु, युरोपेली युनियन र अष्ट्रेलियाले रुसी कच्चा तेलको मूल्य प्रति ब्यारेल अधिकतम ६० डलर तोकेपछि रुसले उनीहरुलाई तेल बिक्री नै बन्द गर्ने निर्णय गरेको हो ।

रुसी कच्चा तेलको मूल्यको सीमा तोक्न सहमत देशहरुमा तेलको आपूर्ति बन्द हुनेछ । युक्रेन युद्धपछि पनि रुसी अर्थतन्त्रमा फरक नपरेको भन्दै ति देशहरुले समुद्री मार्ग हुँदै आपूर्ति हुने रुसी कच्चा तेलको मूल्य ६० डलर भन्दा बढी नतिर्ने निर्णय लागू गरेका हुन् ।

रुसले भने तेल किन्ने अन्य ग्राहक खोज्ने भन्दै आफूलाई फरक नपर्ने दावी गर्दै आएको छ । साउदी अरबपछि रुस विश्वको सबै भन्दा ठूलो तेल उत्पादक देश हो ।

IME Life
kumari