stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गुजरातमा पहिलो चरणको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी मतदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

भारतको  गुजरात  विधानसभा  चुनावको पहिलो चरणमा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ । गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिनुभयो ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार बिहीबार सम्पन्न निर्वाचनमा ६० दशमलव ४७ प्रतिशत मत खसेको छ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चलेको मतदानमा नर्मदा जिल्लामा सबैभन्दा बढी ७३.०२ प्रतिशत मत खसेको छ भने तापीमा ७२.३२ प्रतिशत मत खसेको छ ।

तेस्रो सबैभन्दा बढी मतदान मोरबी ९६७.६५० मा भएको थियो भने सबैभन्दा कम परबानपुरमा ५३.८४ प्रतिशत मत खसेको छ ।

गुजरातको बिहीबारको मतदानपछि १९ जिल्लाका ८९ निर्वाचन क्षेत्रका ७८८ उम्मेदवारको भाग्य मतपेटिकाभित्र कैँद भएको छ ।

मतदानका लागि ८० बर्षभन्दा बढी उमेर समूहका करिब नौ लाख ८० हजार नागरिक रहेका छन् भने १०० बर्षभन्दा बढीका करिब १० हजार मतदाता रहेका छन् । आयोगका अनुसार १८ देखि १९ वर्ष उमेर समूहका पाँच लाख ७४ हजार ५६० मतदाता छन् भने ९९ वर्षमाथिका चार हजार ९४५ मतदाता छन् । यहाँ १६३ जना गैर–आवासीय भारतीय मतदाता छन्, जसमध्ये १२५ पुरुष र ३८ महिला छन् ।

कूल १४ हजार ३८२ मतदान केन्द्रमध्ये शहरी क्षेत्रमा तीन हजार ३११ र ग्रामीण क्षेत्रमा ११ हजार ७१ मतदान केन्द्र रहेका थिए ।

यहाँका प्रमुख दलका प्रभावशाली नेतामध्ये गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घाटलोडियाबाट, आपका मुख्यमन्त्रीका उम्मेदवार इसुदन गढवी खम्भलियाबाट, पूर्व काङ्ग्रेस नेता तथा भाजपाका हार्दिक पटेल विरमगामबाट प्रतिस्पर्धा गरिरहनुभएको छ भने पूर्व काङ्ग्रेस नेता तथा भाजपाका उम्मेदवार अल्पेश ठाकोर गान्धीनगर दक्षिणबाट चुनावी मैदानमा उत्रिनुभएको छ ।

पहिलो चरणमा एक करोड २४ लाख ३३ हजार ३६२ पुरुष र एक करोड १५ लाख लाख ४२ हजार ८११ महिला मतदाता रहेका थिए । दोस्रो चरणको मतदान डिसेम्बर ५ मा हुनेछ भने परिणाम हिमाचल प्रदेशको चुनावसँगै डिसेम्बर ८ मा घोषणा गरिनेछ ।

prabhu mahalaxmi
kumari