citizens life insurance long ad
stcnepal long ad

पहिलो १० महिनामा श्रीलङ्काको पर्यटन आय एक अर्ब अमेरिकी डलर नाघ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्क अनुसार यस वर्षको पहिलो १० महिनामा श्रीलङ्काको पर्यटन आय एक अर्ब अमेरिकी डलर नाघेको छ ।

तथ्याङ्कअनुसार अक्टोबरमा श्रीलङ्काले पर्यटनबाट मासिक सात करोड ६० लाख डलर आम्दानी गरेको छ ।

केन्द्रीय बैंकका अनुसार अक्टोबरको अन्त्यसम्ममा श्रीलङ्काको आधिकारिक सञ्चिति १।७ अर्ब डलर रहेको छ । यो सेप्टेम्बरको तुलनामा केही कम हो ।

गत अक्टोबरमा ४२ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलङ्का प्रवेश गरेसँगै यस वर्षको हालसम्म पाँच लाख ६८ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलङ्का भित्रिएको पर्यटन प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।

कोभिड–१९ को महामारी र राजनीतिक सङ्कटसँगै श्रीलङ्कामा आएको आर्थिक सङ्कटका कारण विदेशी मुद्राको कमी भएको र यसका कारण इन्धन तथा अति आवश्यक खाद्यान्न लगायतका सेवा प्रभावित हुँदा गत बर्ष भएको जनआन्दोलनको कारण तत्कालिन राष्ट्रपति गोताबाय राजापाक्षले पदबाट राजिनामा दिनुपरेको थियो ।

IME Life
kumari