citizens life insurance long ad
stcnepal long ad

उत्तर कोरियाबाट जापानतर्फ क्षेप्यास्त्र प्रहार

'क्षेप्यास्त्र प्रहारपछि जापानमा कोलाहल'

Nimb long ad
Prabhu Insurance Long Ad

उत्तर कोरियाले आज बिहीबार जापानतर्फ लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेपछि उत्तरी जापानमा कोलाहल मच्चिएको छ । एकाबिहानै जापानतर्फ लक्षित गर्दै अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई ठाउँ छाड्ने चेतावनी जारी गर्नुपरेको छ ।

बुधबार दक्षिण कोरियाली समुद्री सिमाना भित्र पर्ने गरी दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाले बिहीबार जापानतर्फ लक्षित गरी दर्जन बढी क्षेप्यास्त्र हानेको हो । सुरूमा चेतावनी जारी गर्दा क्षेप्यास्त्र जापानमाथि आईरहेको बताइए पनि पछि त्यसलाई सच्याइएको थियो ।

जापानी प्रधानमन्त्री फुमियो किसिदाको कार्यालयले मियागी, यामागाता र निगाता प्रान्तका वासिन्दालाई बलियाखाले घरभित्र वा भूमिगत संरचनामा जान सुझाव दिएको थियो । ती क्षेत्रमा बुलेट रेलहरु पनि केही समय रोकिएका थिए ।

जापानी प्रधानमन्त्री किसिदाले उत्तर कोरियाको ब्यवहार असैह्य रहेको भन्दै त्यसलाई त्यत्तिकै छाड्न नसकिने बताउनु भएको छ ।

IME Life
kumari