citizens life insurance long ad
stcnepal long ad

बेलायती प्रधानमन्त्री ट्रसको राजिनामा

Nimb long ad
Prabhu Insurance Long Ad

प्रधानमन्त्री नियुक्त भएको ४५ दिनमा उहाँले पदबाट राजिनामा दिनुभएको हो । प्रधानमन्त्री नियुक्त भएको छोटो अबधिमा प्रधानमन्त्री ट्रसले आफ्नो जिम्मेवारी बहन गर्न नसकेको स्वीकार्दै राजिनामा दिनुभएको बिबीसीले जनाएको छ ।

राजिनामा दिने क्रममा प्रधानमन्त्री ट्रसले आफू प्रधानमन्त्री हुँदा विश्वले भोगिरहेको चुनौति र बेलायतले सामान गरेको आर्थिक मन्दीको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले सिंगो युरोपलाई नै क्षति पुर्‍याउने गरी युक्रेनमाथि रुसले गरिरहेको आक्रमणको ठूलो असर बेलायतमा पनि परेको उल्लेख गर्नुभयो ।

कन्जरभेटिभ पार्टीको नेताको हैंसियतमा आफूले पाएका जिम्मेवारी निर्वाह गर्न नसकेका कारण आफूले राजिनामा दिएको उहाँले जानकारी दिनुभयो।

उहाँले अर्को साता कन्जरभेटिभ पार्टीको अधिवेशनले नयाँ नेता चयन गर्ने बताउनुभयो ।बेलायतको इतिहासमा सबैभन्दा छोटो समय प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी ट्रस पहिलो प्रधानमन्त्री हुनुभएको छ ।।

IME Life
kumari