citizens life insurance long ad
stcnepal long ad

फिनल्याण्डकी प्रधानमन्त्रीलाई लागू औषध प्रयोगको आरोप

आफ्नो जीवनकालमै कुनै पनि प्रतिबन्धित लागू औषध सेवन नगरेको दाबी

Nimb long ad
Prabhu Insurance Long Ad

हेलसिन्की । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले लागू औषधको परीक्षण गराएको बताउनु भएको छ ।

केही दिन अघि मरिनको मदिरा सेवन गरेर पार्टीमा नाचिरहेको भिडियो लिक भएपछि केही राजनीतिज्ञले लागू औषध सेवन गरेको आरोप लगाएका थिए ।

मरिनले पार्टीमा मदिरा सेवन गरेर नाचेको तर कुनै पनि प्रतिबन्धित लागू औषध सेवन नगरेको बताउनु भएको छ ।

आफूले किशोरावस्थामा समेत कहिल्लै लागू औषध सेवन नगरेको दाबी गर्दै मरिनले त्यसैलाई पुष्टि गर्न लागू औषध परीक्षण गराएको र त्यसको नतिजा अर्को साता आउने बताउनुभयो ।

फिनल्याण्डको राजधानी हेलसिन्कीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री मरिनले आफूले आफ्नो जीवनकालमै कुनै पनि प्रतिबन्धित लागू औषध सेवन नगरेको दोहोर्‍याउनु भयो ।

आफ्नो भिडियो खिचिएको थाहा पाएको बताउँदै उहाँले भिडियो सार्वजनिक भएकोमा आपत्ति प्रकट गर्नभयो ।

आफू पार्टी जाने र साथीहरुसँग रमाइलो गर्ने गरेको कुरालाई सामान्य भएको बताउँदै कामको समय र खाली समय फरक हुने धारणा राख्नु भयो । फिनल्याण्डकी ३६ वर्षीया प्रधानमन्त्री मरिन विश्वकै कान्छी सरकार प्रमुख हुनुहुन्छ ।

IME Life
kumari