माथिल्लो तामाकोसी २ अर्ब घाटामा
काठमाडौं । नेपालकै सबै भन्दा ठुलो जलविद्युत आयोना ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी लिमिटेडको २ वर्षको घाटा २ अर्ब ४० करोड रुपैयाँ नाघेको सो कम्पनीले जनाएको छ ।
गत दुई आर्थिक वर्षको घाटा २ अर्ब ४० करोड ७९ लाख रुपैयाँ पुगेको कम्पनीको वित्तीय विवरणमा उल्लेख गरिएको छ । कम्पनीका अनुसार आ।व। २०७७र७८ मा ५३ करोड ४० लाख रुपैयाँ घाटा रहेकोमा त्यो बढेर आ।व। २०७८र७९ मा १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ पुगेको जनाएको छ ।
आर्थिक वर्ष घाटा रकम (रु.) कैफियत
२०७७/७८ ५३ करोड ४० लाख
२०७८/७९ १ अर्ब ८७ करोड ३९ लाख
जम्मा २ अर्ब ४० करोड ७९ लाख
स्रोत : अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीको वित्तीय विवरण
कम्पनीले दोलखामा निर्माण पूरा भएको माथिल्लो तामाकोसीको विद्युत बिक्री गरी गत आ।व।मा ७ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको थियो । आयोजनाले २०७८ भदौ २५ गतेदेखि व्यापारिक विद्युत उत्पादन सुरू गरेको थियो । २०७८ असार २१ गते पहिलो युनिटको ७६ मेगावाट, असार २९ गते दोस्रो युनिटको ७६ मेगावाट र बाँकी, ३ सय ४ मेगावाट विद्युत साउनमा प्रणालीमा जोडिएको थियो ।
आयोजनाको विद्युत गोंगरस्थित विद्युतगृहदेखि ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू–खिम्ती सबस्टेसन पुर्याइएको थियो । त्यहाँबाट खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरस्थित ४००/२२० केभी सबस्टेसनमा पुर्याएको छ ।
यो स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो । सबैभन्दा सुख्खा समयमा दैनिक ४ घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) मा उत्पादन हुने आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट उत्पादन हुने बताइएको छ ।


























