citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति, ३ दिनको हिंसामा ४३ जनाको मृत्यु

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

एजेन्सी । इजरायल र प्यालेस्टाइनी लडाकूहरू बीच युद्धविरामको सहमति भएको छ । तीन दिनको हिंसामा कम्तिमा ४३ जनाको ज्यान गएपछि बल्ल दुवै पक्ष युद्धविरामका लागि सहमत भएका हुन् ।

प्यालेस्टाइन इस्लामिक जिहाद ‘पीआईजे’का लडाकुहरूले इजिप्टका मध्यस्थकर्ताहरूले मध्यस्थता गरेको वार्तापछि युद्धविराम भएको बताएका छन् ।

इजरायली प्रधानमन्त्री यायर लापिडको कार्यालयले युद्धविरामको पुष्टि गरेको छ । इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पीआईजेका एक वरिष्ठ सदस्यलाई गिरफ्तार गरेपछि तनाव सुरू भएको हो ।

पछिल्ला तीन दिनमा भड्किएको हिंसाका कारण १५ जना बालबालिकासहित ४३ जनाको मृत्यु् भएको थियो । तीन सय भन्दा बढी घाइते भएका थिए । पछिल्लो भिडन्तलाइ इजरायल र गाजा बीच २०२१ को मे मा भएको हिंसापछिको ठूलो र गम्भीर मानिएको छ ।

himalayan life insurance
igi long