prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई विश्वासको मत प्राप्त

civilbank long ad
Prabhu Insurance Long Ad

एजेन्सी। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाउनु भएको छ । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उहाँले बहुमत आफ्नो पक्षमा पार्न सफल हुनु भएको हो ।

उहाँको पार्टी कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उहाँको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए भने विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका बीबीसीले जनाएको छ। उहाँलाई विश्वासको मत जित्नका लागि १ सय ८० मत ल्याए पुग्थ्यो ।

 

 

 

आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिनुभएको थियो । जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ जना सांसद आवश्यक पर्नेमा ५४ जना सांसदको हस्ताक्षरसहितको पत्र अध्यक्ष ग्राहम ब्रेडीलाई हिजो बुझाइएको थियो ।

विश्वासको मतका लागि बेलायती समय अनुसार हिजो बेलुका ६ बजेदेखि ८ बजेसम्म मतदान भएको थियो । कोरोना महामारीका बेला मापदण्ड उल्लङ्घन गरेको र भोज आयोजना गरेको विषयमा जोनसनको आलोचना भइरहेको छ । लकडाउनमा भोजमा गएर नियम तोडेकोमा भने उहाँले माफी मागिसक्नु भएको छ ।

२४ जेठ २०७९, मंगलवार ०६:४९ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads