citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

जापानका प्रधानमन्त्रीद्धारा संसद विघटन, अक्टोबर ३१ मा संसदीय निर्वाचन

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

एजेन्सी । चुनावको तिथि तोक्दै जापानका प्रधानमन्त्री फुकिओ किशिदाले संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गर्नुभएको छ । बैठक लगत्तै उहाँले संसद विघटन भएको जानकारी दिनुभएको हो ।

जापानमा आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ ।

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा निर्वाचित भएपछि फुकिओ किशिदा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । अक्टोबर ४ मा प्रधानमन्त्री किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै नयाँ निर्वाचनको तयारी थाल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने कार्यक्रम समेत घोषणा गर्नुभएको छ ।

himalayan life insurance
igi long