stcnepal long ad
ime life insurance
national life
global ime bank long

 ताइवानी सैनिकलाई अमेरिकाले गोप्य रुपमा तालिम दिईरहेको खुलासा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको चर्चा बढिरहेको बेला अमेरिकाले ताइवनी सैनिकलाई गोप्य रुपमा तालिम दिईरहेको खुलासा भएको छ । अमेरिकी दैनिक वालस्ट्रीट जर्नलले विगत एक वर्षदेखि अमेरिकाले ताइवानी जल तथा थल सेनालाई गोप्य तालिम दिईरहेको खुलासा गरेको हो ।

ताइवानी सैनिकलाई तालिम दिन कम्तिमा दुई दर्जन अमेरिकी अधिकृतहरु संलग्न रहेको पनि सो पत्रिकाले जनाएको छ । ताइवानी भूमिमै तालिम दिइएको र तालिम दिने अमेरिकी सैन्य अधिकृतहरु पालैपालो सहभागी हुने गरेको पनि रोयटर्स न्युज एजेञ्सीलाई उद्धृत गर्दै वालस्ट्रीट जर्नले उल्लेख गरेको छ ।

तालिम कहिलेदेखि संचालन भईरहेको हो भन्ने विषयमा यकिन नगरिए पनि अमेरिकामा जो बाइडेनले ह्वाइटहाउसको जिम्मेवारी सम्हाल्नु अघिदेखि नै तालिम शुरु भएको जनाइएको छ ।

IME Lifesidebar
kumari