Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

कोरोना खोपको दोस्रो डोज लगाएका विदेशीलाई साउदीमा प्रवेश दिने

civilbank long ad

एजेन्सी । साउदी अरेबियाले कोभिडको खोप लगाएका व्यक्ति मात्र साउदी अरेबिया आउन पाउने नियम लागु गरेको छ ।

कोभिडकाबीच विभिन्न देशका यात्रुलाई प्रतिबन्ध लगाएको साउदीले कोरोना विरुद्धको दोश्रो डोज लगाएका जुन सुकै देशका नागरिकलाई पनि प्रवेश गर्न अनुमति दिएको छ ।

यो नियम आगामी अगष्ट ९ देखि लागु हुनेछ । साउदीमा पछिल्लो समय नयाँ भेरिएन्टका कारण संक्रमितको संख्या बढ्न थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

साउदीले कोरोना महामारीलाई मध्यनजर गर्दै गत मे महिनादेखि यात्रा प्रतिबन्ध लगाएको थियो ।

साउदीले गरेको यात्रा प्रतिबन्ध फुकुवासँगै नेपालका कामदार केही हदसम्म राहत मिलेको छ ।

साउदी अरबमा कोरोना संक्रमितको संख्या ५ लाख १२ हजार १ सय नाघेको छ भने संक्रमणका कारण हालसम्म ८ हजार १ सय बढीको मृत्यु भइसकेको छ ।


६ साउन २०७८, बुधवार ०८:०१ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad