Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

एनएलजी इन्स्योरेन्सको साउन २१ गते वार्षिक साधारण सभा

civilbank long ad

काठमाडौं । आगामी साउन २१ गते बिहीबार एनएलजी इन्स्योरेन्सले  वार्षिक साधारण सभा डाकेको छ । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२% नगद सहित कुल १०.५२% लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

यस्तै, आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

वार्षिक साधारण सभा बिहान १० बजे भर्चुअल माध्यमबाट एनएलजीको प्रधान कार्यालय पानीपोखरी, काठमाडौंमा सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि साउन १४ गतेबाट बुक क्लोज गर्ने भएको छ ।

साउन १३ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


६ साउन २०७८, बुधवार ०९:४४ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad