अमेरिकी सेनाले उत्तरी अफगास्तिानमा ड्रोन आक्रमण तालिबानको चेतावनी
एजेन्सी । तालिबानले अमेरिकी ड्रोन आक्रमणको जवाफी कारबाहीको चेतावनी दिएको छ ।
गएराति अफगानिस्तानका राष्ट्रपति अशरफ घानी र अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा भेट हुनुभन्दा केहीघण्टा अघि अमेरिकी सेनाले उत्तरी अफगास्तिानमा ड्रोन आक्रमण गरेको अमेरिकी रक्षा विभागले जनाएको छ ।
बगलान र कुद्रुज प्रान्तमा भएको दुई आक्रमणमा ठूलो संख्यामा तालिबान लडाकु मारिएका छन् । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको निन्दा गरेको छ ।
साथै संगठनले यस्ता भड्काउ कारबाहीले संघर्ष बढ्ने चेतावनी दिँदै विदेशी शक्तिलाई अफगानिस्तानबाट बाहिर निकाल्न ध्यान दिनुपर्ने जनाएको छ । यस्तै उसले युद्धमा हस्तक्षेप नगर्न पनि अमेरिकी सेनालाई चेतावनी दिएको छ ।
अमेरिकी सेनाले पहिले पनि कैयौंपटक हेलमन्द र कान्धानर प्रान्तमा तालिबानका क्याम्पहरूमा आक्रमण गरेको थियो ।