stcnepal long ad
ime life insurance
national life
global ime bank long

आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई भारतको अनुरोध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । आफ्नो मुलुकमा पनि चिनियाँ नागरिकहरुलाई प्रवेश दिन तयार रहेको समेत भारतले जनाएको छ । दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ ।

भारतको विदेश मन्त्रालयले चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो । विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूको लागि सहजै आवत जावत गर्न दिन चाहेको मन्त्रालयले उल्लेख गरेको छ ।

चीनले पनि काम तथा अध्ययनका लागि चीन आउन चाहने भारतीय नागरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो । हिजो भारत समेतले आफ्ना नागरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुबै पक्षका लागि बाटो खुल्ने भएको छ

IME Lifesidebar
kumari