stcnepal long ad
ime life insurance
national life
global ime bank long

 विश्वमा बेरोजगारको संख्या सन् २०२२ सम्म २० करोड ५० लाख पुग्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

बेइजिङ । कोरोना महामारीका कारण यो वर्ष मात्र ७ करोड ५० लाखले रोजगारी गुमाएको अन्तराष्ट्रिय श्रमिक संगठन (आईएलओ)  ले जनाएको छ । आईएलओका निर्देशक गाय राइडका अनुसार महामारी सुरु हुनुभन्दा अगाडि बेरोजगारको संख्या १८ करोड ७० लाख रहेकोमा अब बढेर २०२२ सम्ममा २० करोड ५० लाख पुग्ने अनुमान गरिएको जानकारी दिए ।

बेरोजगार भएका ३ करोड १० लाख मानिस अत्यन्तै गरिब बन्न पुगेको एक अध्ययनले देखाएको छ । जुन् संयुक्त राष्ट्रसंघद्धारा निर्धारित १.९० डलर प्रतिदिनको अन्तराष्ट्रिय गरीबी रेखाभन्दा तल हो ।

सबै देशको समान स्थिति नभएकाले धनी देशका लागि यो संकट टार्न सहज भए पनि गरिब राष्ट्रका लागि भने चुनौतीपूर्ण हुने निर्देशक राइडको भनाइ छ ।

न्यून आय भएको देशहरुमा रोजगारी गुमेका कारण परिवारमा गरीबी बढ्ने र त्यसको असर समाजिक सुरक्षामा पर्ने उनले चेतावनी दिए । गरिब देशहरुमा जारी असमानताका कारण महिला र यूवाहरुको रोजगारीमा गम्भीर असर पर्ने आईएलओले जनाएको छ ।

गरिबी न्यूनिकरणका लागि विभिन्न उपाय अपनाएको देशहरुको प्रयासलाई पाँच वर्ष पछि धकेलेको पनि आइएलओको भनाइ छ । त्यसैगरी संयुक्त राष्ट्रसंघले माहामारीले विश्व जगतमा देखिएको बेरोजगारीको संकट टार्न लामो समय लाग्ने बताएको छ । रासस/सिन्ह्वा

IME Lifesidebar
kumari