stcnepal long ad
ime life insurance
national life
global ime bank long

 सिप्रदीले अत्यावश्यक सेवामा खटिएका २४ सय बढी गाडीलाई सेवा पुर्याउँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवा, खाद्यान्न, तरकारी, ग्यास, पानी, वित्तीय कारोबारमा संलग्न तथा फोहोर व्यवस्थापनमा खटिएका २४ सय वटाभन्दा बढी गाडीहरुलाई सिप्रदीले गाडी मर्मत सेवा तथा गाडीसँग सम्बन्धित सम्पूर्ण परामर्श प्रदान गर्दै आइरहेको छ ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको समयमा राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सामग्री दुवानी गर्ने गाडीहरुलाई सिप्रदीले सेवा पुर्याउँदै आइरहेको छ ।

अहिलेसम्म खाद्यान्न, तरकारी, ग्यास, पानी, वित्तीय कारोबारमा संलग्न, फोहोर व्यवस्थापन, सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवामा खटिएका २४ सय वटाभन्दा बढी गाडीहरुलाई पूर्ण सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग रहँदै आएको र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप सेवा प्रदान गर्न तत्पर रहेको कम्पनीले जनाएको छ ।

नेपाल सरकारद्वारा जारी गरिएका स्वास्थ्य र सुरक्षा सम्बन्धी सम्पूर्ण नियम पालना गरी कम्पनीले आधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथा कर्मचारीहरु को अथक साथले २४ सै घण्टा अग्रभागमा खटिरहनु भएका राष्ट्रका सेवकहरुलाई सेवा दिन तयार रहेको पनि जानकारी गराएको छ ।

यसको साथै यस विषम परिस्थितिमा सिप्रदीले २४ विभिन्न ठाउँबाट सेवाका लागि डेडिकेटेड अधिकारीहरू परिचालित गरेको र कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्रीसम्बन्धी सेवा चाहिएमा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ सम्पर्क गर्न अनुरोध गरेको छ ।

IME Lifesidebar
kumari