citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अमेरिकामा आफ्ना नागरिकलाई कोरोना खोप लगाए बापत १०–१० करोड पुरस्कार दिने घोषणा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

एजेन्सी । अमेरिकामा आफ्ना नागरिकलाई कोरोना खोप लगाए बापत १०–१० करोड पुरस्कार दिने घोषणा गरिएको छ । पहिलो डोज खोप लिएका झण्डै ५० लाख मानिस दोस्रो खोप लगाउन नआएपछि ओहायो राज्यले यस्तो घोषणा गरेको हो ।

कोरोना खोपप्रति नागरिकले चरम अनिच्छा देखिएपछि अमेरिकाको ओहायो राज्यले यस्तो स्किम निकालेको एनबीसी न्युज समाचार संस्थाले जनाएको छ । नयाँ स्किमअनुसार कोरोना खोपको पहिलो डोज लगाउनेमध्ये ५ जना भाग्यशाली मानिसले एक–एक मिलियन डलर पुरस्कार जित्नेछन् ।

यस्तो घोषणाको दुई दिनपछि गत सोमबार एकै दिन २५ हजार ४ सय जनाले खोप लगाए, जुन गत तीन साताको सबैभन्दा उच्च थियो । मे १२ तारिखमा घोषणा गरिएको यो स्किमअनुसार १८ वर्षभन्दा माथिका ओहायोका नागरिकहरूले एक वा एकभन्दा बढी डोज खोप लगाएका छन् ।

यो चिट्ठा अभियानमा उनीहरू सहभागी हुन सक्ने एनबीसी न्युज समाचार संस्थाले जनाएको छ । हङकङमा निःशुल्क खोप सुरु भएको तीन महिना बित्दासम्म पनि जम्मा १८ प्रतिशतले पहिलो डोज लगाएका थिए भने १२ प्रतिशत हाराहारीले मात्रै दुवै डोज लगाएका थिए ।

himalayan life insurance
igi long