२२ व्यक्तिलाई कोरोना सारेको आरोपमा स्पेनमा एक व्यक्ति पक्राउ
एजेन्सी । स्पेनमा २२ जना व्यक्तिलाई कोरोना संक्रमण सारेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । रुघाखोकी र ज्वरोले ग्रस्त ती व्यक्तिले पीसीआर परिक्षण गराई रिपोर्ट नआउँदै जीम हल र कार्यालय जाने गरेकोमा पछि उनको रिपोर्ट पोजिटिभ आएको थियो ।
काममा रहंदा ती पुरुषले अरुले लगाएको मास्क तान्दै कोरोना सार्छु भन्दै धम्की दिने गरेको समेत खुलेको छ । ती व्यक्तिको सम्पर्कमा आएका ३ बर्षिय बालक सहित २२ जनालाई कोरोना संक्रमण भएपछि उनलाई पक्राउ गरिएको हो ।
केही दिनदेखि कोरोना लक्षण देखा परेका ती ब्यक्तिका लापरवाहीका कारण अन्य ब्यक्तिहरु संक्रमित भएको भन्दै उनलाई हदैसम्मको कारबाही हुने अधिकारीहरुले जनाएका छन् ।
यसअघि स्पेनमा प्रहरी अधिकृतलाई थुकेको आरोपमा एक कोरोना संक्रमित पुरुष जेल चलान भएको थिए । स्पेनमा कोरोना संक्रमितको संख्या ३४ लाख ६८ हजार ६ सय नाघेको छ भने ७७ हजार ५ सय बढीको मृत्यु भइसकेको छ ।





















