stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आणविक फोहोर पानी समुद्रमा नछोड्न जापानलाई चीनको आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

बेइजिङ । चिनियाँ परराष्ट्र मन्त्रालयले जापान सरकारलाई आणविक भट्टीबाट निस्किने फोहोर पानी समुद्रमा फालेको भन्दै यसमा सम्वेदनशील बन्न जापान सरकारसँग आग्रह गरेको छ ।

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले बिहीबार एक पत्रकार सम्मेलनमा भने, “जापानको आणविक प्लान्टबाट निस्किने फोहोर पानी समुद्रमा छोडिएको छ, यसप्रति चीन र दक्षिण कोरियाले गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन् ।

चीन र दक्षिण कोरियाले एक दिन पहिले सामुद्रिक मामिला सम्वाद र सहयोग संयन्त्रको पहिलो बैठक आयोजना गरेको र यसमा पनि समुद्रमा फालिएको फोहोर पानीको प्रसंगमा छलफल भएको प्रवक्ताले बताए ।

दुवै पक्षले समुद्रमा आणविक फोहोर पानी निकाल्ने जापानको ‘एकपक्षीय’ निर्णयको बारेमा छलफल गरेको चिनियाँ अधिकारीले बताएका छन् ।

“चीनका साथै दक्षिण कोरियाले पनि जापानलाई अन्तर्राष्ट्रिय निकाय र छिमेकी देशहरूसँगको पूर्ण परामर्श तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूको पर्याप्त सहभागितामा आधारित फुकुशिमा आणविक केन्द्रको फोहोर पानीको मुद्दालाई विवेकपूर्ण तरीकाले अघि बढाउन आग्रह गरिएको छ । यो चीन र दक्षिण कोरियाको साझा स्थिति हो,” प्रवक्ता चाउले भने ।

प्रवक्ता चाउले जापानको आणविक फोहोर पानी सुरक्षित छ भन्ने दावी मात्र एकपक्षीय डाटामा निर्भर रहेको र यस अनुसन्धानमा अन्तर्राष्ट्रिय वातावरणमामिला अध्ययन गर्ने अन्तर्राष्ट्रिय संघसंस्था र छिमेकीहरूको विश्वास लिन आवश्यक रहेको बताए ।रासस/सिन्हवा

prabhu mahalaxmi
kumari