stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बेलायतमा २० लाख कामदारको पारिश्रमिक वृद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । बेलायतमा २० लाख बढी न्युन आयका कामदारहरुको न्युनतम पारिश्रमिक वृद्धि हुने भएको छ । ‘नेस्नल लिभिङ वेज’ २।२ प्रतिशतले वृद्धि भएसँगै फुल टाइम काम गर्नेहरुको वार्षिक ३४५ पाउन्ड बराबर हुने भएको हो ।

यो नीति २३ र २४ वर्षीयाहरुमा पनि पहिलोपटक लागू हुने भएको छ । यसअघि २५ को उमेर माथिकामा मात्र यो लागू हुने गर्दथ्यो । त्यस्तै १८ देखि २२ बीचको उमेरकाहरु र साथै सिकारु कामदारहरुको आयमा पनि वृद्धि हुने बताइएको छ ।प्रधानमन्त्री बोरिस जोन्सनले यो बेलायतभरिका परिवारका लागि स्वागतमय आर्थिक बढावा भएको बताएका छन् ।

अप्रिल १ देखि न्युनतम पारिश्रमिक वृद्धि लागू हुने भनिएको छ । वृद्धि भएसँगै २३ वर्ष माथिका कामदारले प्रति घण्टाको ८।९१ पाउन्ड पाउनेछन् । २१–२२ का कामदारको पनि न्युनतम पारिश्रमिक वृद्धि भइ ८।३६ पाउन्ड पुगेको छ ।

१८ देखि २० वर्षकाहरुले अब न्युनतम प्रति घण्टा ६।५६ पाउन्ड प्राप्त गनेर्छन् । १८ मुनिकाहरुले पनि ४।६२ पाउन्ड पाउनेछन् र सिकारुका लागि पनि ४।३० पाउन्ड न्युनतम हुनुपर्ने हुन्छ ।

फेब्रुअरीमा मात्र देशभरका ८ लाख बढी कम आयदर भएका कामदारहरु बिदामा रहेको तथ्यांकले देखाएको थियो । सरकारले अप्रिल १ देखि काममा फर्किएका त्यस्ता कामदारले नयाँ पारिश्रमिक वृद्धि प्राप्त गर्न सक्ने बताएको छ ।

prabhu mahalaxmi
kumari