stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिका र क्युवाको सम्बन्ध सुधारका लागि मध्यस्थता गर्न ईयू सहमत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । अमेरिका र क्युवाको सम्बन्ध सुधारका लागि मध्यस्थता गर्न युरोपेली सङ्घ (ईयू) सहमत भएको छ । युरोपेली संसदमा क्युवाका नागरिकसँग मैत्री तथा एकता समूहको अनुरोधलाई स्वीकार गर्दै आतंकवादलाई प्रोत्साहित गर्ने देशहरूको सूचीबाट क्युवालाई हटाउन र सम्बन्ध थप सुधार गर्नका लागि अमेरिकी सरकारसँग मध्यस्थता गर्न ईयू तयार भएको हो ।

अमेरिकाले क्युवालाई लगाउँदै आएको आतङ्कवादलाई प्रोत्साहन गरेको आरोप पूर्णरुपमा हटाउन पहल गर्न ईयू तयार रहेको युरोपेली संघका उच्च प्रतिनिधि जोसेप बोरेलले बताउनुभएको क्युवाको समाचार संस्था एसीएनले जनाएको छ । क्युवालाई पहिलो पटक अमेरिकाले सन् १९८२ मा आतङ्कवादलाई प्रायोजन गर्ने देशका रूपमा घोषणा गरेको थियो ।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालको अन्त्यतिर क्युवामाथिको आरोप हटाएर दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो । तर अमेरिका र क्युवाबीचको सम्बन्धमा अझै पनि सुधार आएको छैन ।

prabhu mahalaxmi
kumari