citizens life insurance long ad
stcnepal long ad

किमलाई भेट्न बाइडेन किन इच्छुक छैनन् ?

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर कोरियाली नेता किम जो उनलाई भेट्न आफू इच्छुक नरहेको जनाएका छन् ।राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बाइडेन किमलाई भेट्न अनिच्छुक रहेको पुष्टि गरेको हो ।

उत्तर कोरियाप्रति राष्ट्रपति बाइडनको रवैया पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको भन्दा फरक हुने अमेरिकी अधिकारीहरू बताउँछन् । तर किमलाई भेट्न बाइडेन किन चाहँदैनन् भन्नेबारे भने ह्वाइट हाउसले केही उल्लेख गरेको छैन ।

हुनत पूूर्वाष्ट्रपति ट्रम्प पनि किमलाई भेट्न सुरुमा इच्छुक थिएनन् । एक–अर्कालाई धम्की दिने गरेको एक वर्षपछि सन् २०१८ मा ट्रम्प र किमबीच पहिलो भेटवार्ता सिङ्गापुरमा भएको थियो । ट्रम्प नै उत्तर कोरियाली नेतालाई भेट्ने पहिलो अमेरिकी बहालवाला राष्ट्रपति थिए ।

बाइडेनले पनि उत्तर कोरियासँग सम्पर्क गर्न प्रयास गरेको तर उताबाट कुनै चासो नदिइएको बताइएको छ । त्यसपछि नै बाइडेन पनि किमलाई भेट्न अनिच्छुक बनेको हुनसक्ने बताइएको छ ।

IME Life
kumari