citizens life insurance long ad
stcnepal long ad

एशियाको सबैभन्दा ठूलो लागूपदार्थ समूहका नाइके पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्स । विश्वकै सबैभन्दा ठूलो लागूऔषध समूहका नाइके भनिएको एक व्यक्तिलाई पक्राउ गरिएको छ । द नेदरल्यान्ड्स प्रहरीले अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउ पुर्जीका आधारमा लागूऔषध समूहका नाइके आरोपितलाई नियन्त्रणमा लिएको जनाइएको छ। नाइके सो चि लपलाई द कम्पनीुका प्रमुख भएको मानिन्छ। उनी चीनमा जन्मिएका क्यानडाली नागरिक रहेको बताइएको छ।

उक्त गिरोहले एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागूऔषध कारोबारको ठूलो भाग ओगट्छ। बीबीसीका अनुसार संसारमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्तमध्येका एक मानिने सोलाई एम्स्टर्डामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरिएको छ।

अस्ट्रेलियाले आफ्नो देशमा उनीमाथि मुद्दा चलाउन उनको सुपुर्दगी गराउन खोजिरहेको छ। छपन्न वर्षीय सोलाई उनको अवैध साम्राज्यको आकारका कारण मेक्सिकोका लागूऔषध कारोबारी ह्वाकिन एल च्यापो गुज्मानसँग तुलना गरिएको छ।

एक दशकभन्दा अघिदेखि प्रहरीको निगरानीमा परेका सो शुक्रवार क्यानडातर्फ उड्न लागेका बेलामा पक्राउ परेका थिए। उनको नाम उल्लेख नगरिएको एउटा वक्तव्यमा प्रहरीले ती सन्दिग्ध विरुद्ध सन् २०१९ मा एउटा पक्राउपुर्जी जारी भएको जनाएको छ।

IME Life
kumari