citizens life insurance long ad
stcnepal long ad

कोरोना विरुद्धको खोप प्रयोगका लागि युरोपेली संघ समक्ष औपचारिक निवेदन दर्ता

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली संघमा आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा विधिवत दर्ता गरेको छ ।

युरोपेली संघले स्वीकृति दिएमा युरोपेली मुलुकमा यसै वर्षको अन्त्यअघि नै खोप उपलब्ध गराउने कम्पनीले जनाएको छ । दुवै कम्पनीका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा सोमबार युरोपेली मेडिसिन एजेन्सी इएमएमा औपचारिक निवेदन दिइएको उल्लेख छ ।

गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए । कम्पनीले अमेरिकामा पनि खोप वितरण गर्ने गरी अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीए समक्ष निवेदन दिइरहेको छ ।

IME Life
kumari