नितिश कुमार लगातार विहारको चौथोपटक मुख्यमन्त्री नियुक्त
विहार । भारतको विहार प्रदेशको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गरेका छन् । जनता दल युनाइडेटका अध्यक्ष समेत रहेका नितिश कुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गरेका हुन् ।
लगातारको कार्यकाल चौथो पटक भए पनि मुख्यमन्त्री भने उनी अहिलेसम्म गरी सातौ पटक भइसकेका छन् ।
सपथग्रहण समारोहमा केन्द्रीय गृह मन्त्री अमित शाह, भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नन्दालगायतका विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए ।
उनले आफ्ना उप मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टीका तार्किशोर प्रसाद र रेणु देवीलाई नियुक्त गरेका छन् । प्रदेश संसदमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको राष्ट्रिय जनता दल ९आरजेडी० ले भने सपथ ग्रहण समारोह बहिस्कार गरेको छ ।
आरजेडीको सामाजिक सञ्जाल ट्वीटरमा लेखिएको छ, “जनताको अभिमत एनडीएका विरुद्धमा थियो, तर सरकार त्योभन्दा उल्टो पक्षबाट बनाइयो, त्यसैले हामीले सपथ ग्रहण समारोह बहिस्कार गरेका हौँ ।” हालै भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नितिश कुमारको पार्टी राष्ट्रिय जनता दल ९आरजेडी० सहितको राष्ट्रिय लोकतन्त्रवादी गठबन्धनVएनडीए) ले नै बहुमत प्राप्त गरेको छ ।
तर दलको रुपमा भने पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल ७५ सिटसहित सबभन्दा ठूलो पार्टी बनेको छ । सवैभन्दा ठूलो पार्टी बनेर पनि सरकार बनाउन नपाएकाले उनीहरुले सपथ ग्रहण समारोह बहिस्कार गरेका हुन् ।
सरकार बनाउन गठबन्धन बनाएर बहुमत पुर्याउने प्रचलन भएकाले ठूलो पार्टी भएर पनि यादवको पार्टीले बहुमत जुटाउन असफल भएको छ ।
सत्तारुढ दलहरुको गठबन्धनले कुल १२५ सिटमा जित हासिल गरेको छ भने विपक्षी महागठबन्धनले कुल ११० सिट मात्रै हासिल गरेको छ । प्रदेश संसदमा दोस्रो ठूलो दलको रुपमा ७४ सिट सहित केन्द्रीय सत्तामा रहेको बीजेपी छ भने मुख्यमन्त्री नितिशकुमारको जनता दल युनाइटेड जेडियुले केवल ४३ सिट जितेको छ ।
नितिशकुमारको पार्टीले धेरै सिट जितेपछि गठबन्धनले पूर्वसहमति अनुसार उनलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेर फेरि उनी मुख्यमन्त्री बनेका हुन् ।
कुल २४३ सिट रहेको विहार राज्यको विधान सभाका लागि कोरोना भाइरसको महामारीका बीचमा ३ चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा मतदानका लागि १ लाख ६ हजार ५१५ मतदान केन्द्र तोकिएको थियो भने झण्डै ७५ प्रतिशत मतदाताको सहभागिता रहेको थियो । रासस/एएनआई























