४.६ प्रतिशतले चीनको वैदेशिक व्यापार बढ्यो
बेइजिङ । यस वर्ष चीनको समग्र वैदेशिक व्यापार (आयात–निर्यात) बढेको चीनको भन्सार प्रशासनले जानकारी दिएको छ । गत वर्षको तुलनामा यस वर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष अक्टोबर महिनामा चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको भन्सार प्रशासनले जानकारी दिएको छ ।
चीनको निर्यात व्यापारमा पनि ७।६ प्रतिशले वृद्धि भएको छ । त्यस्तै, सोही अवधिमा चीनको आयात व्यापार भने ०.९ प्रतिशतले मात्र वृद्धि भएको छ । रासस/सिन्ह्वा






















