दक्षिण सुडान (UNMISS) मा तैनाथ तारादल गण(शा.से.) छैठौं डफ्फाको अदली बदली
काठमाडौं । शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ (UNMISS) मिशनमा तैनाथ श्री तारादल गण(शा.से.) छैठौं डफ्फालाई बदली गर्नको लागि २०७७ कार्तिक २३ गते प्रमुख सेनानी सुशिल प्याकुरेलको कमाण्डमा श्री गोरख बहादुर गण (शा.से.) सातौं डफ्फाको २१३ जना जना नेपाली शान्ति सैनिक, मिशन ईलाका तर्फ प्रस्थान गरेका छन् ।
कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरीएको छ ।
सोही क्रममा दक्षिण सुडानबाट सेनानी दिपक अर्यालको कमाण्डमा २११ जना शान्ति सैनिकहरु कार्त्तिक २४ गतेको बिहान नेपाल आईपुग्ने योजना रहेको समेत जानकारी गराइन्छ ।






















