भारतले चिनियाँ सैनिक कब्जामा लिएको दाबी
एजेन्सी । भारतले एक चिनियाँ सैनिकलाई कब्जामा लिएको चीनले दाबी गरेको छ । आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेको आरोपमा भारतीय सुरक्षाकर्मीले पूर्वी लद्दाखको डेमचक क्षेत्रबाट चीनका एक सैनिक पक्राउ गरेको जनाइएको छ ।
बिबिसीका अनुसार ती चिनियाँ सैनिकले सीमाको वास्तविक नियन्त्रण रेखा कटेर भारततर्फ आएकोले नियन्त्रणमा लिइएको भारतीय सैनिकको दाबी छ ।
यसरी कब्जामा लिइएका सैनिकबारे जानकारी उपलब्ध गराउन भारतीय पक्षले चीनको पिपुल्स लिवरेसन आर्मी (पीएलए) लाई अनुरोध गरिएको बताएको छ । त्यसपछि मात्र निर्धारित नियमबमोजिम ती सैनिकलाई फिर्ता गर्ने भारतीय सैनिकको भनाइ छ ।
उता चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले पनि एकजना गोठालोलाई मद्दत गर्ने क्रममा आइतबार राति पीएलएका एक सैनिक भूलवश सीमापारि पुगेको र उनलाइ भारतीय पक्षले नियन्त्रणमा लिएको बताएको छ ।
सूचना थाहा पाउनेबित्तिकै चीनले भारतलाई जानकारी गराएको भारत ती सैनिक फिर्ता गर्न राजी भइसकेको छ उक्त पत्रिकाले लेखेको छ ।




























